सशस्त्र प्रहरीद्वारा कपिलवस्तुमा ३७ लाख बढीको अवैध लत्ताकपडा बरामद

सशस्त्र प्रहरीले कपिलवस्तुको विजयनगर गाउँपालिका-१, जवाबैराठ इलाकाबाट ३७ लाख रूपैयाँ बढीको अवैध लत्ताकपडा बरामद गरेको छ।

मंगलबार सशस्त्र प्रहरीले करिब ३७ लाख २० हजार रूपैयाँ बराबरको लत्ताकपडा तथा मोटरसाइकल बरामद गरेको हो।

सोही ठाउँको जंगल इलाकामा बेवारिसे अवस्थामा रहेको सो लत्ताकपडा तथा भारतीय नम्बर प्लेटका चारवटा मोटरसाइकल प्रस्तावित सीमा सुरक्षा गुल्म कृष्णनगरले बरामद गरेको हो।

बरामद लत्ताकपडा तथा मोटरसाइकल कृष्णनगर भन्सार कार्यालय, कपिलवस्तुमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *