अवैध अन्तर्राष्ट्रिय कल बाईपासमा संलग्न तीन जना पक्राउ

अवैध अन्तर्राष्ट्रिय कल बाइपासमा संलग्न रहेको अभियोगमा ३ जनालाई कञ्चनपुर भिमदत्त नगरपालिका–१८ क्याम्पस रोड ५ नम्बर गल्लीबाट बुधबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत दिल्ली घर भएका ४१ वर्षीय गुल्जार अहमद, कञ्नचपुर दोधार चाँदनी नगरपालिका–७ घर भएका ४० वर्षीय प्रविण खड्का र भिमदत्त नगरपालिका–१० जिमुवा महेनद्रनगर घर भएका ४७ वर्षीय दिपक सिंह बोहरा रहेका छन् ।

उक्त गल्लीमा शंकास्पद गतिविधि भइरहेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंज, नेपाल टेलिकम र जिल्ला प्रहरी कार्यालय कन्चनपुरबाट संयुक्त रूपमा खटिएको टोलीले उनीहरूलाई सोही गल्लीस्थित घरमा विगत ४ महिनादेखि कलबाइपास गरिरहेको अवस्थामा कल वाइपासमा प्रयोग भएका एसआईपी पीबीएक्स कनेक्सन, ल्यापटप २ थान, मोनिटर, लाइन केबल २ थान, मोबाइल सेट ३ थान, यूपिएस र ब्याट्री लगातयका विभिन्न उपकरणसहित पक्राउ गरेको हो ।

उनीहरू उपर जिल्ला प्रहरी कार्यालय कञ्चनपुर महेन्द्रनगरबाट थप अनुसन्धान एवं आवश्यक कारबाहीको प्रकृया अगाडि बढाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *