![Pardafas.com](https://www.pardafas.com/wp-content/uploads/2022/06/pardafas-logo.png)
सप्तरीमा एक युवकको हत्या, अर्का घाइते
![clock](https://www.pardafas.com/wp-content/themes/pardafas/assets/img/clock-icon.png)
![सप्तरीमा एक युवकको हत्या, अर्का घाइते](https://www.pardafas.com/wp-content/uploads/2022/10/death-body-nepal.jpg)
सांकेतिक फाइल फाेटाे ।
सप्तरीमा बिहीवार एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ । तिलाठी कोइलाडी गाउँपालिका–७ मन्सापुर गाउँ नजिक हनुमाननगर कङ्कालिनी नगरपालिका–१० इनर्वाका २१ वर्षीय तीर्थनारायण मण्डलको शव फेला परेको जिल्ला प्रहरीले कार्यालयले जनाएको छ ।
हत्या गरिएको अवस्थामा मण्डलको शव हिलोमा फेला परेको र अजय मण्डल नामका अर्का युवक घाइते अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता नरेशकुमार सिंहले जानकारी दिए । स्थानीयवासीले हिलोमा शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । घटनाबारे अनुसन्धान भइरहेको उनले बताए।
प्रतिक्रिया