राष्ट्रपति पौडेलद्वारा मिटरब्याजसम्बन्धी विधेयक प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी समस्या समाधानका लागि बनेको विधेयक प्रमाणीकरण गरेका छन्।

संसदकाे दुवै सदनबाट पारित भई राष्ट्रपति कार्यालय पुगेको मुलुकी संहितासम्बन्धी ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ राष्ट्रपति पौडेलले शुक्रबार प्रमाणीकरण गरेका हुन्।

विधेयकमार्फत सरकारले मिटरब्याजीलाई कारबाही गर्नेसहित मिटरब्याजसम्बन्धी समस्या समाधानका लागि विभिन्न कानून निर्माण गरेको छ।

अब राजपत्रममा प्रकाशित भएपछि उक्त विधेयक कार्यान्वयन हुनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर