सशस्त्र प्रहरीका ६ जना इन्स्पेक्टरको डीएसपीमा बढुवा

सशस्त्र प्रहरी बल, नेपालका ६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरूको प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवा भएको छ।

साधारण समूह, लेखा उपसमूहतर्फ पाँच र कानून उपसमूहतर्फ एक गरी ६ जना इन्स्पेक्टरकाे डीएसपीमा बढुवा भएको हो।

गृह मन्त्रालयका सचिवस्तरको बिहीबारको निर्णयअनुसार उनीहरूको बढुवा भएको हो।

लेखा उपसमूहतर्फ प्रमोदबाबु थापा, तुलसिंह केसी, सन्तोषकुमार चन्द, दिवाकर राउत र राजेशकुमार सिंहको तथा कानून उपसमूहतर्फ सत्यदेवी बस्नेतको इन्स्पेक्टरबाट डीएसपीमा बढुवा भएको हो।

बढुवा समितिको गत ३१ असारको बैठकले उनीहरूको बढुवा सिफारिस गरेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *