म्यान्मारकी अपदस्थ नेतृ सुचीलाई कारागारबाट सरकारी भवनमा सारियो

सन् २०२१ को सैनिक विद्रोहमा अपदस्थ गरिएकी म्यान्मारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुचीलाई कारागारबाट सरकारी भवनमा सारिएको छ ।

नेश्नल लिग फर डिमोक्रेसीका एक अधिकाारीका अनुसार सोमबार राति नेतृ सुचीलाई उच्चस्तरीय परिसरमा सारिएको हो । उनले तल्लो सदनका सभामुख ति खुन म्याटसँग भेटवार्ता पनि गरेकी छन् ।

उनले चीनका एसियाली मामिलासम्बन्धी विशेष दूत देङ सिजुआनलाई पनि भेट्ने सम्भावना रहेको ती अधिकारीले पुष्टि गरेका छन् । यसै महिना थाइल्यान्डका विदेशमन्त्रीले उनीसँग भेटवार्ता गरेका थिए ।

म्यान्मारमा विकसित पछिल्लो घटक्रमबारे जानकार एक अर्का अधिकारीका अनुसार नेतृ सुचीलाई राजधानी नेपिटस्थित विशिष्ट व्यक्ति आवासमा सारिएको छ ।

निर्वाचित नेतृ सुचीलाई अपदस्थ गरिएसँगै देशमा भड्केको हिंसामा परी तीन हजार आठ सयभन्दा बढीको मृत्यु भएको छ भने दश लाखभन्दा बढी विस्थापित भएका छन् ।

हिरासतमा रहेकी ७८ वर्षीया नोबेल पुरस्कार विजेता सुचीको स्वास्थ्यलाई लिएर चिन्ता व्यक्त भएको छ । उनीमाथि भ्रष्टाचार, गैरकानूनी रूपमा वाकीटकी राखेको, कोरोना महामारीमा जारी गरिएका प्रतिबन्धको पालना नगरेको लगायत आरोपमा ३३ वर्षको जेल सजाय सुनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर