अवरूद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

पहिरोका कारण अवरूद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा आएको छ। यस सडकखण्डको कालीखोलामा पहिरो खसेसँगै सडक अवरूद्ध भएको थियो।

जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार आज बिहान ७ बजे इच्छाकामना गाउँपालिका-६, कालीखोलामा पहिरो गएको हो। पहिरो बिहान ८ः५५ बजेसम्म पन्छाएर सडक सञ्चालनमा ल्याइएको हो। पहिरोका कारण रोकिएका सवारी साधन पहिरो पन्छाएसँगै गन्तव्यतर्फ लागेका छन्।

यसअघि आज बिहान १ बजे सोही स्थानमा खसेको पहिरो पन्छाएर ३ बजेदेखि सडक सञ्चालनमा ल्याइएको थियो। पहिरोका कारण यस सडकखण्ड पटकपटक अवरूद्ध हुँदै आएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर