वीरगञ्जमा शंकास्पद बिलबिजकसहित करिब ८४ लाखको सामान बोकेको ट्रक प्रहरी नियन्त्रणमा

पर्साकाे वीरगञ्जमा बिलबिजकभन्दा बढीको औषधि तथा खुद्रा सामानहरू बोकेको मालवाहक ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय, पर्साका डीएसपी दीपक गिरीका अनुसार वीरगञ्जबाट परवानीपुरतर्फ जाँदै गरेको सूचनाका आधारमा मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरबाट खटिएको प्रहरी टोलीले शुक्रबार बिहानको राति ३ बजे उक्त ट्रक नियन्त्रणमा लिएको हो।

वीरगञ्ज महानगरपालिका-२१, परवानीपुरस्थित सडकखण्डमा ना ३ ख ७०५३ नम्बरको मालवाहक कन्टेनर ट्रक रोकेर जाँच गर्ने क्रममा बिलबिजकभन्दा बढीको मालवस्तुहरू लोड रहेको तथा सो बिलबिजक शंकास्पद देखिएकाले ट्रक नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

उक्त ट्रकमा लोड रहेका औषधि तथा खुद्रा सामानको मूल्य ८३ लाख ९२ हजार ७८२ रूपैयाँ पर्ने प्रहरीको अनुमान छ।

नियन्त्रणमा लिइएको ट्रक तथा त्यसमा लोड रहेका सामानहरू थप अनुसन्धानथ तथा आवश्यक कारबाहीका लागि शुक्रबार नै राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरीले जनाएकाे छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *