दिल्लीमा नेपाली बालिका बलात्कृत, अस्पतालमा जीवन-मरणको दोसाँधमा

पश्चिम नेपालकी एक १४ वर्षीया बालिका सपरिवार भारतको नयाँदिल्लीस्थित महारानी बाग क्षेत्रमा बस्थिन्। उनका बाबुआमा त्यहीँ काम गर्थे भने उनी त्यहाँको एक विद्यालयमा ८ कक्षामा अध्ययनरत हुन्।

परिवारका सदस्यलाई केही समयदेखि पेट दुख्ने गरेको समस्या सुनाउँदै आएकी उनको जब स्वास्थ्य परीक्षण गरियो, तब थाहा भयो कि उनको गर्भमै सात महिनाको शिशुको मृत्यु भइसकेको रहेछ।

ती बालिकलाई छिमेकमा बस्ने उत्तर प्रदेश बरेलीका एक मुसलमान नाबालकले दुई पटक बलात्कार गरेको खुलेको छ। बलात्कारपछि दिल्लीबाट फरार बालकलाई दिल्ली प्रहरीले उत्तर प्रदेश बरेलीबाट पक्राउ गरेको छ।

बलात्कृत बालिकालाई अखिल भारत नेपाली एकता मञ्च दिल्ली, दिल्लीस्थित नेपाली दूतावास, भारतका सरकारी निकायलगायतको सहयोगमा उपचारका लागि दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा भर्ना गरिएको छ।

अखिल भारत नेपाली एकता मञ्च दिल्लीका एक पदाधिकारीका अनुसार स्वास्थ्य अवस्था गम्भीर रहेकी बालिका अहिले अस्पतालमा जीवन-मरणको दोसाँधमा छिन्।

आरोपित बालकलाई पक्राउ गरेर प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर