सुन तस्करी प्रकरण

ठमेलस्थित होटल भियनामा राजस्व अनुसन्धान विभागको छापा, एक जना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट साउन २ गते बरामद एक क्विन्टल सुन तस्करीमा भूमिका देखिएपछि राजस्व अनुसन्धान विभागले काठमाडौंको ठमेलस्थित होटल भियनामा छापा मारेको छ।

स्रोतका अनुसार विभागको टोलीले आइतबार बिहान उक्त होटलमा छापा मारेर केही महत्त्वपूर्ण कागजात तथा सामग्रीसहित दावा छिरिङलाई पक्राउ गरेको छ।

दावा छिरिङ नेपाली मूलका बेल्जियमका नागरिक हुन्। उक्त होटल उनकी श्रीमतीको नाममा छ।

विभागका एक अधिकृतका अनुसार छावा छिरिङको हङकङबाट ल्याएकाे तस्करीको उक्त सुन व्यवस्थापन गर्ने कार्यमा संलग्नता देखिएको हो।

यससँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या १८ पुगेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर