प्रहरीलाई दुर्व्यवहार गरेको आरोपमा दुई जना पक्राउ

रूपन्देहीमा प्रहरीलाई दुर्व्यवहार गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

सियारी गाउँपालिका-७, अमुवा बस्ने ३० वर्षीय लालबहादुर थारू र ४० वर्षीय जितबहादुर थारूलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो।

अमुवास्थित जनता माध्यमिक विद्यालयको खेल मैदानमा ‘प्रथम अमुवा सांस्कृतिक रमाइलो मेला’ मा उनीहरू दुवै जना झगडा गरिरहेका थिए।

इलाका प्रहरी कार्यालय, छपियाबाट खटिएको प्रहरीले सम्झाइबुझाइ गर्ने क्रममा प्रहरी टोलीमाथि नै दुर्व्यवहार गरेकाले उनीहरूलाई पक्राउ थप अनुसन्धान भइरहेको जनाइएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *