प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषदकाे बैठक मंगलबार बस्ने

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको अवकाशको मिति नजिकिएसँगै सरकारले नयाँ प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने भएको छ।

यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार बस्‍ने गरी संवैधानिक परिषद्को बैठक बोलाएका छन्।

प्रमुख सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेपछि प्रधानमन्त्री प्रचण्डले संवैधानिक परिषद्को बैठक बोलाएका हुन्।

नयाँ प्रधानन्यायाधीशका लागि नाम सिफारिस गर्ने एजेन्डा रहेको बैठक मंगलबार अपराह्न ४ बजे बस्‍ने गरी बोलाइएको हो।

यसअघि शीर्ष तीन नेताबीच भएको भेटका क्रममा संवैधानिक परिषद् बैठक र संसदको गतिरोध अन्त्य लगायतका विषयमा छलफल भएको थियो।

प्रधानन्यायाधीश हरिकृष्ण कार्की साउन २० गते अवकासमा जाँदै छन्। अवकासमा जाने भएपछि कार्कीले अहिले बेन्च राखेका छैनन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर