रूकुम पश्चिममा भिरमा घाँस काट्ने क्रममा पहिरो खस्दा दुई जनाको मृत्यु, एक घाइते

रूकुम पश्चिममा पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ। जिल्लाको बाँफिकोट गाउँपालिका-७, बाँसथलास्थित पोखरापरी भिरमा घाँस काट्न गएका दुई जनाको पहिरो खस्दा मृत्यु भएको हो।

पहिरोमा परी एक जना घाइते भएका छन्। आज दिउँसो पौने तीन बजेको समयमा घाँस काट्न गएका बाँफिकोट गाउँपालिका-७ की ५४ वर्षीया धनमाया खत्री र सोही ठाँउका ४४ वर्षीय कालिबहादुर खड्काको पहिरोमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले जानकारी दि । उनीहरूको घटनास्थलमै मृत्य भएको हो।

त्यस्तै बाँफिकोट-७ कै ४२ वर्षीया बलकुमारी खत्री घाइते भएका छन्। खत्रीलाई उपचारका लागि अस्पताल पठाइएको प्रनाउ भट्टराईले बताए। घाँस काट्ने क्रममा टेकेको ठाउँ भासिएर तीन जना पहिरोसँगै खसेको उनको भनाइ छ। तीनै जना करिब पाँच सय मिटर तल खसेको र ढुङ्गाले च्यापिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *