साइप्रस पठाइदिने भन्दै ठगी, एक जना पक्राउ

वैदेशिक रोजगारीका लागि साइप्रस पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका-३ घर भई हाल काठमाडौंका डल्लु बस्ने ३३ वर्षीय राजन गिरी छन्।

उनले सौरभ नेपाललाई साइप्रसमा मासिक एक लाख रूपैयाँ बढी तलब हुने प्रतिष्ठित कम्पनीमा काममा लगाइदिने, जाने प्रक्रिया पूरा गर्न ६ लाख रूपैयाँ लाग्ने प्रलोभनमा पारेर ठगी गरेको आरोप छ।

सौरभबाट पटकपटक गरी २ लाख रूपैयाँ लिएका उनी सम्पर्कविहीन भएपछि वैदेशिक रोजगार विभागले पक्राउ गरिदिन प्रहरीलाई पत्राचार गरेको थियो।

विभागको पत्रपछि उनको खोजतालस थालेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई आइतबार लाजिम्पाटबाट पक्राउ गरेको हो।

पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको एसपी रवीन्द्र रेग्मीले जानकारी दिए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *