नेपालका तीन खेलाडीले मिक्स मार्सल आर्ट्स खेल्ने

जर्मनीको लुभ्समा हुने मिक्स मार्सल आर्ट्स च्याम्पियनसिपमा ३ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

प्रतीक श्रेष्ठ, इमान महर्जन र एन्जस डंगोलले प्रतिस्पर्धा गर्ने कीर्तिपुर मार्सल आर्टस् अर्गनाइजेसनले जनाएको छ ।

प्रतियोगितामा सहभागी हुनु अघि खेलाडीले लुभ्समै अगष्ट ४ देखि १२ तारिखसम्म हुने सेमिनारमा भाग लिने छन् । सेमिनारपछि प्रतियोगिता हुनेछ ।

प्रशिक्षकमा राजीव महर्जन तथा अफिसियलमा रजनी डंगोल रहेका छन् । टोली मंगलबार जर्मनी प्रस्थान गर्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *