
कांग्रेसलाई पच्छ्याउँदै माओवादी केन्द्र

केन्द्रीय समिति बैठक पहिलो पटक लाइभ गरेर इतिहास रचेको नेपाली कांग्रेसलाई नेकपा (माओवादी केन्द्र) ले अनुसरण गरेको छ।
माओवादी केन्द्रले साउन १७ गतेदेखि बस्ने पार्टी केन्द्रीय कमिटी बैठक सामाजिक सञ्जालमार्फत लाइभ गर्ने निर्णय गरेको हो।
बैठकका एजेन्डा तय गर्न सोमबार बिहान बसेको पार्टीको पदाधिकारी बैठकले बैठक पूर्णतया लाइभ गर्ने निर्णय गरेको पार्टीका सचिव देवेन्द्र पौडेलले जानकारी दिए।
उनका अनुसार समाचार संकलनका साथै आम पार्टी कार्यकर्ता र जनसमुदायलाई पनि बैठकबारे जानकारी पाउन सहज हुने भएकाले बैठक लाइभ गर्ने निर्णय भएको हो।
यसअघि कांग्रेसले साउन २ गतेदेखि एक साता चलेको केन्द्रीय समिति बैठक लाइभ गरेको थियो।
सभापति शेरबहादुर देउवाको आग्रहमा उसले केन्द्रीय समिति बैठक पार्टीको आधिकारिक फेसबुक पेजमार्फत लाइभ गरेको हो।
- विकासको गतिमा देश अगाडि बढेको छ : प्रधानमन्त्री
- मन्त्रालय र प्राधिकरणबीचको विवादबाट नेपालसंग पर्याप्त बिजुली नभएको स्पष्ट भयो : इप्पान
- सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक बहुमतले पारित
- सांसद चन्दको प्रश्न- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको विधेयक कता हरायो
प्रतिक्रिया