मकवानपुरमा मोटरसाइकल र ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

चितवनबाट हेटौँडातर्फ जाँदै गरेको गरेको ना ५७ प २३१ नम्बरको मोटरसाइकल मनहरि गाउँपालिका-९, ज्यामिरेमा सडकमा रोकिराखेको ना ५ ख ७४७२ नम्बरको ट्रकमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार मनहरी-९ का २२ वर्षीय शम्भु गिरी र २१ वर्षीय सुशील गिरी रहेको मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए। उनले उनीहरूको चितवनको पुरानो मेडिकल कलेज भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताए।

प्रहरीले ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर