कैलालीमा सवारी दुर्घटनामा बिते नेपाल प्रहरीका एक जवान

अर्का एक प्रहरी जवान गम्भीर घाइते

कैलालीमा सवारी दुर्घटनामा परी नेपाल प्रहरीका एक जवानको मृत्यु भएको छ। अर्का एक जवान गम्भीर घाइते भएका छन्।

आइतबार साँझ पूर्वपश्चिम राजमार्गअन्तर्गत गोदावरी नगरपालिका-३ को चौकीडाँडामा प्रहरी जवानद्वय सवार सुपप्र ०१०११ प ७३२० नम्बरको मोटरसाइकललाई सुपप्र ०१ ००२ त ६४१९ नम्बरको ट्र्याक्टरले ठक्कर दिएको थियो।

ट्र्याक्टरको ठक्करबाट घाइते नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगरमा कार्यरत प्रहरी जवान कपिल कठायतको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा आइतबार राति साढे ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

यस्तै मोटरसाइकल पछाडि सवार अर्का प्रहरी जवान हेमराज डाउका गम्भीर घाइते छन्। डाउका अस्थायी प्रहरी पोष्ट राजपुर डोटीमा कार्यरत हुन्। उनी ४ दिन क्याबी भैपरी आउने बिदामा बसेका थिए।

डाउकाको मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ।

घटनापछि ट्र्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर