मधेस प्रदेशमा जनमत पार्टीका दुई मन्त्रीले दिए राजीनामा, यी हुन् नयाँ बन्ने मन्त्री

मधेस प्रदेश सरकारका दुई मन्त्रीले पदबाट राजीनामा दिएका छन्। प्रदेश सरकारका विनाविभागीय मन्त्री वसन्त कुशवाहा र विनाविभागीय राज्यमन्त्री सञ्जयकुमार यादवले आज मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष राजीनामा बुझाएका हुन्। उनीहरू दुवै जना जनमत पार्टीका तर्फबाट सरकारमा सहभागी थिए।

जनमत पार्टीका नेता बीपी साहका अनुसार दुवै मन्त्रीले पार्टीको निर्देशनअनुसार राजीनामा बुझाएका हुन्। यसअघि मन्त्री कुशवाहाले सम्हालेको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी गत जेठ ९ गते मुख्यमन्त्री सरोजकुमार यादवले नेकपा (एकीकृत समाजवादी) का गोविन्द न्यौपानेलाई दिएका थिए। त्यसयता कुशवाहा विनाविभागीय मन्त्रीको हैसियतमा थिए।

नेता साहका अनुसार उनीहरू स्थानमा नयाँ दुई जनालाई मन्त्री सरकारमा पठाउने विष्तयमा छलफल भइरहेको छ। ‘कुशवाहको ठाउँमा जनमत पार्टीका प्रमुख सचेतक चन्दन सिंह र यादवको स्थानमा सांसद रञ्जु खंगलाई सरकारमा पठाउने विषयमा छलफल भइरहेको छ,’ साहले भने।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *