एकीकृत समाजवादीको केन्द्रीय, पोलिटब्यूरो र स्थायी कमिटी बैठक साउन १९ देखि

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी, पोलिटब्यूरो र स्थायी कमिटी बैठक यही साउन १९ गतेदेखि सुरू हुने भएको छ।

आवश्यक तयारी नभएकाले अनिश्चितकालका लागि भन्दै केही दिन पहिले स्थगित गरिएको सूचना गरिएकामा यी बैठक यही साउन १९ गतेदेखि सुरू गरिने सो पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

उनका अनुसार केन्द्रीय सचिवालय बैठक यही साउन १९ गते बिहान ८ बजे पुष्पलाल स्मृति प्रतिष्ठान, चम्पादेवीमा बस्ने भएको छ।

त्यसैगरी स्थायी कमिटी बैठक साउन २० र २१ गते बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा, पोलिटब्यूरो आउँदो भदौ ३ र ४ गते पार्टी केन्द्रीय कार्यालय तथा केन्द्रीय कमिटी बैठक भदौ ५, ६ र ७ गते बिहान १० बजे कान्तिपुर गार्डेन ब्याङ्क्वेट, बालकुमारी, ललितपुरमा बस्ने भएको छ।

उक्त बैठकमा रिपोर्टिङ/राजनीतिक प्रतिवेदनमाथि छलफल, समसामयिक परिस्थिति र पार्टीको कार्यभारलगायत विविध विषयमा छलफल गरिने सो पार्टीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर