मधेस प्रदेश सरकारले पायो पूर्णता, नवनियुक्त दुई मन्त्रीले लिए शपथ

मधेस प्रदेश सरकारले पूर्णता पाएको छ। मुख्यमन्त्री सरोजकुमार यादवले सोमबार रिक्त रहेका दुई मन्त्रालयमा मन्त्री नियुक्त गरेसँगै सरकारले पूर्णता पाएको हो।

उनले नेपाली कांग्रेसबाट मोहम्मद समिमलाई गृह, सञ्चार तथा कानून र जनमत पार्टीबाट चन्दन सिंहलाई श्रम तथा यातायातमन्त्री नियुक्त गरेका छन्। नवनियुक्त मन्त्रीद्वयले प्रदेश प्रमुख हरिशंकर मिश्रबाट पद तथा सोमबार नै शपथ लिएका छन्।

मन्त्रिपरिषद् पुनर्गठन भए तापनि सामाजिक विकासमन्त्रीको जिम्मेवारी खोसिएकी सुरिता साह भने अझै पनि बिनाविभागीय मन्त्री छिन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर