संसदको अवरोध खुलाउन सभामुखको पहल, बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदमा जारी अवरोध हटाउन पहल गरेका छन्।

उनका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार संसदको अवरोध हटाउने प्रयोजनका लागि सभामुख घिमिरेले आज मध्याह्न १२ बजे बस्ने गरी कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।

त्यसअघि उनले सदनको अवरोध खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सदन अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग टेलिफोन संवाद गरेका थिए।

सदन अवरूद्ध हुँदा जनताको आवाज अवरूद्ध हुने भन्दै गम्भीर हुन घिमिरेले प्रधानमन्त्री र विपक्षी दलका नेताको ध्यानाकर्षण गराएको उनका प्रेस सल्लाहकार अधिकारीले बताए।

सुन तस्करीबारे उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै एमालेले संसद अवरूद्ध गर्दै आएको छ। उसको अवरोधका कारण साउन १० गतेदेखि सदन चल्न सकेको छैन।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर