सत्तापक्ष र प्रतिपक्षबीच जुटेन सहमति, प्रतिनिधिसभा बैठक साउन २२ सम्मलाई स्थगित

प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक यहि साउन २२ गतेसम्मका लागि स्थगित भएको छ।

दिउँसो १ बजेका लागि तय भएको प्रतिनिधिसभाको बैठक नियमित सञ्चालनका लागि सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख राजनीतिक दलका सचेतकहरूलाई आग्रह गरे पनि सहमति जुट्न सकेन।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले यही साउन ३ गते सिनामङ्गलबाट बरामद भएको सुन प्रकरणबारे उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै संसद बैठक अवरूद्ध गर्दै आएको छ। कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तापक्षका मुख्य सचेतकले बैठक सञ्चालन गर्न आग्रह गरेका थिए भने विपक्षी दलका प्रमुख सचेतकले उच्चस्तरीय छानबिन समिति गठन नहुँदासम्म बैठक सञ्चालन हुन नसक्ने बताएका थिएन।

सो विषयमा सहमति नभएपछि सभामुख घिमिरेले बैठक स्थगित भएको सूचना प्रकाशित गरेका हुन्। विशेष कारणले निर्धारित समयमा बैठक बस्न नसक्ने भएकाले अर्को मिति तय गरिएको सङ्घीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिए। प्रतिनिधिसभाको अर्को बैठक यही साउन २२ गते सोमबार दिनको १ बजे बस्नेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर