
रास्वपाद्वारा ‘लम्पी स्किन’ बारे जरूरी सार्वजनिक महत्त्वको संकल्प प्रस्ताव दर्ता


फाइल तस्बिर।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पशुचौपायामा हाल महामारीको रूप लिइरहेको लम्पी स्किन रोगबारे जरूरी सार्वजनिक महत्त्वको संकल्प प्रस्ताव दर्ता गरेको छ।
उक्त विषयमा छलफलका लागि रास्वपाका सांसदहरूले संसद् सचिवालयमा जरूरी सार्वजनिक महत्त्वको संकल्प प्रस्ताव दर्ता गराएका हुन्।
लम्पी स्किन रोगबाट प्रभावित पशुचौपायको संख्या यकिन गरी खोपको व्यवस्था, यसबाट क्षति व्यहारेका किसानलाई क्षतिपूर्ति, नियन्त्रणका लागि आवश्यक औषधि खरिद र आपूर्ति गर्न चाहिने बजेट व्यवस्थापनलगायत विषयमा छलफल गर्न रास्वपाले उक्त प्रस्ताव दर्ता गराएको हो।
रास्वापका सांसद मनिष झाले नागरिकसँग प्रत्यक्ष सम्बन्ध रहेको लम्पी स्किनसम्बन्धी गम्भीर समस्यासँग सम्बन्धित नीति, बहस र रणनीतिक योजनाका लागि प्रस्ताव दर्ता गरिएको बताए।
प्रतिक्रिया