४७ सांसदकाे हस्ताक्षरसहित कोशी प्रदेशकाे मुख्यमन्त्रीमा फेरि उद्धव थापाकाे दाबी

काेशी प्रदेशकाे मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले पुनः दाबी पेस गरेका छन्।

उनले साेमबार अपराह्न प्रदेश प्रमुख परशुराम खापुङसमक्ष बहुमतको दाबी प्रस्तुत गरेका हुन्।

त्यसअघि सभामुख बाबुराम गाैतमले पदबाट राजीनामा दिएका थिए। थापाकाे पक्षमा बहुमत पुर्‍याउन उनी राजीनामा दिन बाध्य भएका हुन्।

थापाले कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा (एकीकृत समाजवादी) का ४ र जसपाका १ सांसदकाे समर्थनसहित दाबी प्रस्तुत गरेका हुन्। प्रदेश प्रमुखको कार्यालय पुगेर थापाले सत्ता गठबन्धनका तर्फबाट ४७ सांसदको समर्थनमा सरकारको दाबी पेस गरेका हुन्।

प्रदेश प्रमुख खापुङले आज ५ बजेसम्मको समय दिएर संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकारको दाबी पेस गर्न आह्वान गरेका थिए। सोही आह्वानअनुसार थापाले दाबी पेस गरेका हुन्।

यसअघि उनकाे नेतृत्वमा गठित सरकार सर्वाेच्च अदालतकाे परमादेशपछि बदर भएकाे थियाे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर