माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरू

नेकपा (माआवादी केन्द्र) को स्थायी कमिटीको बैठक सुरू भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक केहीबेरअघि सुरू भएको हो।

बैठकमा आजदेखि राजधानीमा सुरू हुने केन्द्रीय कमिटी बैठकको सम्बन्धमा छलफल हुने माओवादीले जनाएको छ। बैठकले केन्द्रीय समितिमा पेस हुने राजनीतिक तथा साङ्गठनिक दस्तावेजलाई अन्तिम रूप दिनेछ।

स्थायी कमिटी अगाडि पार्टी मुख्यालयमा केन्द्रीय कमिटीको ‘एजेन्डा’ तय गर्न पदाधिकारी बैठक बसेको थियो। पदाधिकारी बैठकमा केन्द्रीय कमिटी बैठकका बारेमा छलफल भएको बताइएको छ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक तथा साङ्गठनिक प्रस्ताव पेस गर्नेछन्। उक्त प्रस्तावमाथि सबै केन्द्रीय सदस्यले धारणा राख्नेछन्।

बैठकमा तीन सय ८५ पूर्ण केन्द्रीय सदस्य, एक सय ९८ वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगका ७५ सदस्य र पार्टीको १० प्रदेश पदाधिकारी एक सय गरी सात सय ५८ जनाको सहभागिता रहने माओवादी केन्द्रले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *