तनहुँमा भरूवा बन्दुकले हानेर श्रीमानले गरे श्रीमतीको हत्या

तनहुँको व्यास नगरपालिकामा भरूवा बन्दुकले हानेर एक जनाले श्रीमतीको हत्या गरेका छन्। व्यास-५, मानुङका ५६ वर्षीय श्रीप्रसाद आलेले ४७ वर्षीया गीता आलेको हत्या गरेका हुन्।

गएराति ११ बजे श्रीप्रसादले गीतालाई भरूवा बन्दुकले हानेर घाइते बनाएको र उनको दमौली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए।

श्रीप्रसादलाई प्रहरीले गएराति नै नियन्त्रणमा लिएको छ। घरायसी विवादका कारण उक्त घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर