कोशीका मुख्यमन्त्री र तीन मन्त्रीले लिए शपथ

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन्। बुधबार प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री थापालाई शपथ खुवाएका हुन्।

मुख्यमन्त्री थापासहित उनले नियुक्त गरेका तीन मन्त्रीले पनि शपथ लिएका हुन्।

नवनियुक्त मन्त्रीहरूमध्ये नेकपा (माओवादी केन्द्र) का बाबुराम गौतमले आर्थिक मामिला तथा योजना, नेकपा (एकीकृत समाजवादी) का कमल जवेगुले भौतिक पूर्वाधार र नेपाली कांग्रेसका प्रदीप सुनुवारले खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन्।

कोशी प्रदेशका सत्ता गठबन्धनका दलहरूले मुख्यमन्त्री लिने दलबाहेकका दलहरूले रोजेर मन्त्रालय लिने सहमति गरेका थिए।

सोहीअनुसार पहिले माओवादीले, त्यसपछि एकीकृत समाजवादीले र तेस्रोमा कांग्रेसले मन्त्रालय रोजेका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर