
राष्ट्र बैंकको सहप्रवक्तामा डा. पोख्रेल


नेपाल राष्ट्र बैंकको सहप्रवक्ता र सूचना अधिकारीमा डा. डिल्लीराम पोख्रेल तोकिएका छन्।
राष्ट्र बैंकले गभर्नरको कार्यालयका निर्देशक पोख्रेललाई बुधबारदेखि लागू हुने गरी सो जिम्मेवारी दिएको हो।
२०५८ सालदेखि राष्ट्र बैंकमा आबद्ध पोख्रेलले जापानको ओसाका साङ्ग्यो विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन्।
प्रतिक्रिया