प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषदको बैठक बस्दै

सर्वोच्च अदालतमा नयाँ प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि आज संवैधानिक परिषदको बैठक बस्दैछ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा आज अपराह्न ५ बजे बस्ने गरी बैठक बोलाइएको छ।

यसअघि मंगलबार बसेको बैठकले प्रधानन्यायाधीश सिफारिस गर्न नसकेपछि आज पुनः बैठक बस्न लागेको हो।

हालका प्रधान्यायाधीश हरिकृष्ण कार्की उमेर हदका कारण शनिबार (साउन २०) मा अवकाशमा जाँदैछन्।

त्यसको एक महिना अगाडि नै प्रधानन्यायाधीश सिफारिस गरिसक्नुपर्ने भए पनि सरकारले संविधानको उल्लंघन गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *