ललिता निवास प्रकरण : समरजंग कम्पनीका प्रमुखसहित दुई जना छुटे

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका दुई जना छुटेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसार समरजंग कम्पनीका तत्कालीन प्रमुख रमेशकुमार पोखरेल र सिद्धिका खेतानलाई छाडिएको हो।

पोखरेलको स्वास्थ्यको कारण देखाउँदै काठमाडौं जिल्ला अदालतले हाजिर जमानीमा छाड्न आदेश दिएको हो।

खेतानलाई भने उनले आफ्नो नाममा रहेको करिब ७ आना जग्गा फिर्ता गर्ने बताएपछि छाडिएको हो।

उनीहरू दुई छुटेसँगै अब सीआईबीको हिरासतमा २० जना बाँकी छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर