अधिवक्ता पाण्डेलाई अदालतले दिएन थुन्ने अनुमति

जातीयताबारे दिएको विवादित अभिव्यक्तिका कारण पक्राउ परेकी अधिवक्ता भगवती पाण्डे ‘शीतल’ लाई अदालतले म्याद थप गर्न अस्वीकार गरेको छ।

बुधबार पक्राउ पाण्डेलाई सोही दिन काठमाडौं जिल्ला अदालत उपस्थित गराइएकामा अदालतले हिरासतमा राख्न नपर्ने भनेको हो।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एक प्रहरी अधिकृतका अनुसार आरोपीले आफ्नो अभिव्यक्तिबारे माफी मागिसकेको र प्रमाण नष्ट गर्न सक्ने खतरा पनि नभएकाे भन्दै अदालतले म्याद थप नगरेको हो। म्याद थप नभएपछि पाण्डेलाई बुधबार नै छाडिएको छ।

म्याद थप नभए पनि पाण्डेविरूद्ध जाहेरीअनुसारकै मुद्दा भने चल्नेछ। उनले हिरासतबाहिरै रहेर मुद्दा लड्नुपर्नेछ।

पाण्डेले एक टेलिभिजन अन्तर्वातर्तामा मुस्लिम, मगर, तामाङलगायत समुदायमा दाजु-बहिनीबीच विवाह हुने गरेको भन्दै विवादास्पद अभिव्यक्ति दिएकी थिइन्।

उक्त अभिव्यक्तिपछि उनीविरूद्ध जातीय विभेदसम्बन्धी कसुरमा परिसरमा जाहेरी परेको थियो। साउन १२ गते परिसरले काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर उनलाई पक्राउ गरेको थियो।

पाण्डेलाई पक्राउ गर्न माग गर्दै बुधबार दिउँसो प्रहरी परिसर अगाडि प्रदर्शनसमेत भएको थियो। सो क्रममा ५० भन्दा बढी प्रदर्शनकारी पक्राउ परेका थिए।

उनीहरू पनि बुधबार नै छुटिसकेका छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *