प्रस्तावित ६ राजदूतको नाम संसदीय समितिबाट अनुमोदन

सरकारले विभन्न ६ देश तथा कूटनीतिक नियोगका लागि प्रस्ताव गरेका ६ जना राजदूतको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ।

प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ गरेर समितिले नाम अनुमोदन गरेको हो।

अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको नेपाल नियोगमा आवासीय प्रतिनिधि तथा राजदूतमा लोकबहादुर थापा, जेनेभास्थित संयुक्त राष्ट्रसंघीय नेपाली नियोगका आवासीय प्रतिनिधिमा रामप्रसाद सुवेदीको नाम अनुमोदन भएको हो।

यस्तै संयुक्त अरब इमिरेट्सका लागि राजदूतमा तेजबहादुर क्षेत्री, कुवेतका लागि राजदूतमा घनश्याम लम्साल, थाइल्यान्डका लागि राजदूतमा धनबहादुर वली र फ्रान्सका लागि राजदूतमा सुधीर भट्टराईको नाम पनि अनुमोदन भएको हो।

सरकारले प्रस्ताव गरेर संसदीय सुनुवाइ समितिबाट सर्वसम्ममतिले नाम अनुमोदन भएका सबै ६ जना राजदूत परराष्ट्र सेवामा लामो समय बिताएका अधिकारीहरू हुन्।

सरकारले सिफारिस गरेका राजदूतको संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *