काठमाडौं प्रहरी प्रवक्तामा एसपी कुमोद ढुंगेल

जिल्ला प्रहरी परिसर, काठमाडौंको प्रवक्तामा प्रहरी उपरीक्षक (एसपी) कुमोद ढुंगेल तोकिएका छन्।

यसअघि परिसरको प्रवक्ता रहेका एसपी सीताराम रिजालको जिल्ला प्रहरी कार्यालय, मकवानपुरमा काज सरूवा भएपछि एसपी ढुंगेललाई उक्त जिम्मेवारी दिइएको हो।

मकवानपुर प्रहरी प्रमुख रहेका एसपी वामदेव गौतम उमेर हदका कारण अवकाशमा गएपछि रिजालको त्यहाँ काज सरूवा गरिएको हो।

रिजालको काज सरूवासँगै परिसरद्वारा सम्पादित जनसरोकारका कामकारबाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चारमाध्यमरूमा सम्प्रेषण गर्नका लागि ढुंगेललाई सो जिम्मेवारी प्रदान गरिएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर