विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीश सिफारिस

सर्वाेच्च अदालतकाे प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सिफारिस भएका छन्।

बिहीबार साँझ बसेको संवैधानिक परिषदको बैठकले सर्वोच्चकाे राेलक्रममा पहिलाे नम्बरमा रहेका न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको परिषदका एक सदस्यले जानकारी दिए।

गत असार १ गते  नियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्की उमेर हदका कारण शनिबार (साउन २० गते) अवकाशमा जाँदै छन्। त्यसकाे दुई दिनअघि प्रधानन्यायाधीशमा श्रेष्ठ सिफारिस भएका हुन्।

बहालवाला प्रधानन्यायाधीशकाे पदावधि सकिनु एक महिना अगावै नयाँ प्रधानन्यायाधीश सिफारिस गर्नुपर्ने व्यवस्था भए पनि राजनीतिक किचलाेका कारण ढिला गरी प्रधानन्यायाधीशमा श्रेष्ठकाे नाम सिफारिस भएकाे हाे।

परिषदको सचिवालयले अब श्रेष्ठको नाम संसदीय सुनुवाइ विशेष समितिमा पठाउनेछ। समितिबाट नाम अनुमोदन राष्ट्रपतिले उनलाई प्रधानन्यायाधीशमा नियुक्त गर्नेछन्।

उनी सर्वाेच्चकाे ३१ औं प्रधानन्यायाधीश बन्नेछन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर