युक्रेनले रूसको कृष्ण सागरमा रहेको नौसैनिक बेसमा आक्रमण गर्ने प्रयास गरेको रूसको दाबी

रूसी रक्षा मन्त्रालयले मानवरहित युक्रेनी डुङ्गाले कृष्ण सागरको किनारमा अवस्थित नोभोरोसियस्क बन्दरगाहमा रहेको रूसी नौसैनिक अखडामा आक्रमण गर्ने प्रयास गरेको दाबी गरेको छ । तर, रूसी जहाजहरूले सो प्रयासालाई विफल पारेको पनि रूसले जनाएको छ ।

‘आज राति युक्रेनी सशस्त्र बलले नोभोरोसियस्क नौसैनिक आधारमा दुई मानवरहित डुङ्गाहरूद्वारा आक्रमण गर्ने प्रयास गरेको थियो, तर प्रतिकारका क्रममा ती डुङ्गाहरू नष्ट गरिएको छ,’ रूसी रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नोभोरोसियस्कस्थित ट्याङ्करहरूमा तेल लोड गर्ने क्यास्पियन पाइपलाइन कन्सोर्टियमले सो आक्रमण प्रयासबाट पूर्वाधारमा कुनै क्षति नपुगेको र तेल लोडिङ कार्य सामान्य रूपमा भइरहेको जनाएको छ ।

यद्यपि बन्दरगाहमा जहाज आवागमनमा अस्थायी प्रतिबन्ध भने लगाइएको छ ।

कन्सोर्टियमसँग पाइपलाइन प्रणाली छ जसले काजाकिस्तानलाई नोभोरोसियस्कको बन्दरगाहसँग जोड्छ जहाँ विश्व बजारहरूमा ढुवानीका लागि ट्याङ्करहरूमा तेल लोड गर्ने गरिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *