जनगुनासो सम्बोधन गर्न पर्यटनमन्त्री किरातीले पुनः सञ्चालनमा ल्याए ‘ई-हुलाक सेवा’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफ्ना शुभेच्छुकहरूको सल्लाह-सुझाव र जनगुनासो सम्बोधन गर्न ‘ई-हुलाक सेवा’ पुनः सञ्चालनमा ल्याएका छन्।

जनतासँगको सम्बन्ध र मन्त्रालयसँग जोडिएका सबै सरोकारका विषय सम्बोधनका लागि राय-सुझावसमेत पेस गर्न उक्त सेवा सञ्चालन गरिएको उनले बताए। पर्यटनमन्त्रीका शुभेच्छुकबाट सल्लाह, सुझाव र प्रश्नहरू लिन तथा त्यसको जवाफ दिन ई-हुलाकका फेसबुक पेज सञ्चालनमा रहेको छ। उक्त सेवाबाट मन्त्री किरातीले आज सन्देश पठाएको उनकाे निजी सचिवालयले जनाएको छ।

‘नयाँ जिम्मेवारी र चुनौतीमाथि उभिएर फेरि तपाईंहरुलाई पत्र लेख्ने साहस गर्दैछु। तपाईं र मबीच सम्बन्ध जोड्न स्थायी पुलका रुपमा ‘ई-हुलाक सेवा’ सुरू गरिए पनि व्यस्तताका कारण केही समयदेखि सेवा बन्द थियो। त्यसका निम्ति क्षमाप्रार्थी छु साथै आजका मितिदेखि हामीबीचको सम्बन्धलाई ताजा राख्न पुनः यो सेवा सञ्चालनमा ल्याइएको छ, आशा छ, तपाईंहरूको सन्देश सधैँ आइरहनेछ,’ पत्रमा भनिएको छ।

मन्त्री किरातीले हालसम्मका प्राप्त सन्देशले ध्यानाकर्षण गराएको र यस्तै सिर्जनात्मक सल्लाह, सुझाव र खबरदारी नै आफ्नो सबैभन्दा बलियो ऊर्जा र हौसलाको स्रोत बनिरहेको उल्लेख गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर