संसदीय समितिको भागबण्डा मिल्यो, रास्वपा र राप्रपाले नपाउने

कुन दलले पाए कुन समिति?

सत्तारूढ गठबन्धन र प्रमुख प्रतिपक्षी दलबीच संसदीय समितिमा भागबण्डा मिलेको छ।

दलहरूका प्रमुख सचेतकहरूले भागबण्डा मिलाएका हुन्।

सोमबार बिहान बसेको सत्तारूढ नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले संसदीय समितिमा भागबण्डा मिलेको जानकारी गराएका हुन्।

उनका अनुसार संसदकाे सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले ४, नेकपा (एमाले) ले ३, माओवादी केन्द्रले २, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र जनमत पार्टीले एक-एकवटा समितिको सभापति पाउनेछन्।

राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले भने संसदीय समितिको नेतृत्व पाएका छैनन्।

सहमतिअनुसार अर्थ, कृषि, संसदीय सुनुवाइ र राज्य व्यवस्था समिति नेपाली कांग्रेसले पाउनेछ।

यस्तै लेखा समिति, महिला समिति र राज्यका निर्देशक सिद्धान्त समितिको सभापति एमालेले पाउनेछ।

यसैगरी कानून र विकास समिति माओवादी केन्द्रले, अन्तर्राष्ट्रिय सम्बन्ध समिति जसपाले, उद्योग समिति जनमतले र शिक्षा समिति एकीकृत समाजवादीले पाउनेछन्।

प्रारम्भिक सहमतिलाई आजै शीर्ष नेताहरूले टुंगो लगाउनेछन्।

यसबारे छलफल गर्न प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आज प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बैठकमा बोलाएका छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *