महोत्तरी र धनुषाका महादेव मठहरूमा समरस नेपालको ‘संस्कृति रक्षा उद्घोष’

समरस नेपाल नामक संगठनको नेतृत्वमा ‘संस्कृति रक्षा उद्घोष’ कार्यक्रम गरिएकाे छ। साउन महिनाको अन्तिम सोमबारका दिन महोत्तरी र धनुषाको बाह्र महादेव मठहरूमा समरसको मूल उद्देश्य ‘सेवा, संस्कृति सुरक्षा’ लाई केन्द्रमा राखी सनातनी नाराहरू लगाइएकाे हाे।

महोत्तरीको पाटु कपिलेश्वर महादेव, टुटेश्वरनाथ महादेव, मगरथाना मंगलनाथ महादेव, पञ्चधुरा माईस्थान, जलेश्वरनाथ महादेव र पवित्र स्थल मटिहानीका साथै धनुषाको जनकपुरधाम, प्रानेश्वरनाथ इटहर्वा, औरही, सतोषर महादेव, धनुषाधाम र क्षीरेश्वरनाथ महादेव महेन्द्रनगरसहितका स्थानमा एकसाथ र एकसमयमा संस्कृति रक्षा उद्घोष गरिएको छ।

समरसका संयोजक चन्दन दुबेका अनुसार सनातनी धर्म, मूल्यमान्यताको मर्म संरक्षणार्थ समरसले माथि उल्लेखित क्षेत्रहरूमा बढ्दै गएको धर्मान्तरणलाई ध्यानमा राखी यो जागरण अभियानको अनुष्ठान गरिएको हो।

आधुनिकताको नाममा देशमा व्याप्त सामाजिक, आर्थिक, सांस्कृतिक बेथिति अन्त्यका लागि यो उद्घोष गरिएको संयोजक दुबेले बताए। उनले सनातन धर्मको मूल्यमान्यता, ग्रन्थ र साहित्यको गलत व्याख्या र भौगोलिक विभाजनका प्रयासहरूको विरोधका लागि पनि उद्घोष गरिएको बताए।

नेपालमा सस्तो लोकप्रियताका नाममा कहिले सीता त कहिले रामको जन्मस्थललाई विवादको मुद्दा बनाउने काम विभिन्न शक्तिहरूबाट भइरहेको भन्दै सचेत रहनसमेत उनले आग्रह गरे।

करिब दुई सय जनाको उपस्थितिमा संस्कृति रक्षा उद्घोष गरिएको थियाे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर