नेपाली सेनाका कर्णेल गिरी र बैदवार जर्नेलमा बढुवा

सरकारले नेपाली सेनाका दुईजना महासेनानी (कर्णेल) लाई सहायक रथी (ब्रिगेडियर जर्नेल) मा बढुवा गरेकाे छ।
मन्त्रीपरिषद्काे १६ साउनकाे बैठकले उनीहरूकाे बढुवा गरेकाे हाे।

बढुवा हुनेहरूमा मध्यपश्चिम पृतनामा कार्यरत राजेन्द्रमणि गिरी र मनाेज बैदवार रहेका छन् ।

प्रधानसेनापति प्रभुराम शर्माकाे सचिवालयकाे सिफारिसमा रक्षा मन्त्रालयले कर्णेलद्वय गिरी र बैदवारलाई बढुवागर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगेकाे थियाे।

प्रधानसेनापति शर्माले मंगलबार जंगी अड्डामा विशेष समाराेहकाबीच बढुवा भएका सैनिक अधिकारीलाई दर्ज्यानी चिन्ह प्रदानगर्ने कार्यक्रम रहेकाे छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर