काठमाडौंको सामाखुसी, अनामनगरलगायतका क्षेत्र डुबानमा (तस्बिरहरू)

गएरातिदेखि परेको अविरल वर्षाका कारण अनामनगरस्थित धोबीखोला र सामाखुसी आसपासको क्षेत्र डुबानमा परेको छ।

सोमबार रातिबाट परेको भारी वर्षाका कारण मंगलबार बिहान अनामनगर क्षेत्र डुबानमा परेको हो। धोबीखोलामा पानीको सतह उच्च हुँदा वरिपरिका घरहरू पनि डुबानमा परेका छन्।

यस्तै सामाखुसी क्षेत्र पनि डुबानमा परेको छ। सामाखुसीमा विद्यालय, घर डुबानमा परेका हुन्। बागमती नदी किनारमा रहेको सुकुम्बासी बस्तीमा पनि बाढी पसिसकेको छ।

उपत्यकामा बूढानीलकण्ठ, सुन्दरीजल, नगरकोट र ती क्षेत्र आसपास भारी वर्षा मापन भएको छ। नदी तथा खोलाको जल सतह बढ्ने क्रममै रहेकाले नदी तथा खोला आसपासका बासिन्दालाई उच्च सर्तकता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
वर्षाका कारण विष्णुमती, धोबीखोला, मनोहरालगायतमा बाढी आएको छ।

नदी तटीय क्षेत्रहरूमा रहनेहरूलाई उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

सबै तस्बिरहरू : नेपाल न्यूज बैंक

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर