नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

अवरूद्ध नारायणगढ-मुग्लिन सडक खण्ड सञ्चालनमा आएको छ । आज बिहान ५:२० बजे खसेको पहिरो पन्छाएपछि दिउँसो २:२० बजेबाट सडकखण्ड दुईतर्फी रूपमा सञ्चालनमा आएको हो ।

इच्छाकामना गाउँपालिका-६ स्थित कालीखोलामा पहिरो खसेसँगै सडकमा सवारी आवतजावत अवरूद्ध भएको थियो । बिहान ११ बजेबाट एकतर्फी सञ्चालनमा आएको सडक दिउँसोबाट पूर्णरुपमा सञ्चालनमा आएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार पहिरो पन्छाएसँगै रोकिएका सवारी गन्तव्यतर्फ लागेका छन् । यस सडकखण्डमा पटक-पटक पहिरो खस्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *