संखुवासभा कारागारमा झडप, दुईको मृत्यु

जिल्ला कारागार संखुवासभामा कैदीबन्दीबीच झडप हुँदा दुई जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार चोरी मुद्दामा सजाय भोगिरहेका आकाश बलामी र जबरजस्ती करणी मुद्दा खेपिरहेका विनोद तोलांगीको मृत्यु भएको हो।

उनीहरू बुधबार बिहान कारागारको शौचालयको झ्याल काटेर भाग्न खोजेका थिए। प्रहरी र कारागार प्रशासनले नियन्त्रणमा लिएपछि उनीहरूलाई कारागारभित्र राखिएको थियो।

त्यसको केही बेरमा कैदीबन्दीबीच कुटाकुट हुँदा उनीहरूको मृत्यु भएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर