ललिता निवास प्रकरण : पक्राउ परेकाहरू थप ७ दिन हिरासतमा रहने

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना गरेको प्रकरणमा पक्राउ परेका २० जनालाई थप सात दिन हिरासतमै राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति प्राप्त गरेको छ।

काठमाडौं जिल्ला अदालतले आज उनीहरूलाई थप एक साता हिरासतमै राखेर अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई अनुमति दिएको हो।

सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रकरणमा सीआईबीले सरकारी कागजात कीर्ते र सङ्गठित अपराधमा उनीहरूमाथि अनुसन्धान गरिरहेको छ।

सो प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहसहित २० जना सीआईबीको हिरासतमा रहेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर