पाकिस्तानको संसद भंग

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ नेतृत्वको सरकारले संसद भंग गरेको छ।

संसदको कार्यकाल तीन दिन मात्र बाँकी रहेका बेला बुधबार रातिको मन्त्रिपरिषदले राष्ट्रपति आरिफ अल्वीलाई संसद भंगको सिफारिस गरेको हो। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले बुधबार मध्यरातमै संसद भंग गरिदिएका छन्।

सरकारी सञ्चार माध्यम प्रेस अफ पाकिस्तानका अनुसार पाकिस्तानको संसदको कार्यकाल १२ अगस्टसम्म रहेको थियो। संसद भंगसँगै मन्त्रिपरिषद पनि विघटन भएको छ। तीन दिनभित्रै नयाँ कार्यवाहक प्रधानमन्त्री चयनको तयारी भएको छ।

विपक्षी दलका नेता राजा रियाज र प्रधानमन्त्री शहबाज शरीफबीचको सहमतिमा नयाँ प्रधनमन्त्री तोकिने बीबीसीले जनाएको छ। पाकिस्तानमा ९० दिनभित्रमा आमनिर्वाचन हुनेछ।

राजनीतिक नेतृत्वभन्दा त्यहाँ सेना सरकार सञ्चालनमा हाबी हुँदै गएको छ। भ्रष्टाचार मुद्दामा तीन वर्षको जेल सजाय तोकिएपछि पूर्वप्रधानमन्त्री इमरान खानलाई बुधबार मात्र पाँच वर्षका लागि सार्वजनिक पद धारणा गर्न प्रतिबन्ध लगाइएको छ।

भ्रष्टाचार मुद्दामा तीन वर्ष जेल सजाय घोषणा भएका उनको सांसद पद पनि त्यहाँको निर्वाचन आयोगले खारेज गरिदिएको छ। त्यससँगै उनको राजनीतिक भविष्य अन्योलमा रहेका बेला संसद पनि भंग भएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर