एक्कासी स्वास्थ्यमा समस्या आएपछि कानूनमन्त्री गुरूङ अस्पताल भर्ना

कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङ अस्पताल भर्ना भएका छन्। मन्त्री गुरूङलाई आज बिहान एक्कासि ‘ब्लड प्रेसर लो’ भएपछि महराजगञ्जस्थित मनमोहन कार्डियोथेरासिक एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो।

मन्त्री गुरूङका स्वकीय सचिव प्रेमप्रकाश केसीले मन्त्री गुरूङलाई ब्लड प्रेसर लो भएर स्वास्थ्यमा समस्या देखिएपछि आज बिहान ११ बजे अस्पताल भर्ना गरिएको जानकारी दिए।

मन्त्री गुरूङलाई हाल सो सेन्टरका निर्देशक डा. रत्नमणि नेतृत्वको टोलीले उपचार गरिरहेका छन्। उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको स्वकीय सचिव केसीले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर