सीआइबीको अपरेशन फोक्सट्रोट चार्ली: थप दुईजना पक्राउ

नक्कली शैक्षिक योग्यता प्रमाणपत्र बनाएर चिकित्सक बनेको आरोपमा थप दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले उनीहरुलाई पक्राउ गरेको हो । ब्यूरोले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा उच्च शिक्षा लिएका चिकित्सक लक्षित अपरेशन फोक्सट्रोट चार्ली संचालन गरेको छ ।

पक्राउ पर्नेमा मोरङका मनित चौधरी र काठमाडौँस्थित इशान अस्पतालमा कार्यरत श्रद्धा शिल्पकार रहेको सीआइबीका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । उनका अनुसार चौधरीलाई शुक्रबार बिहान मोरङबाट र शिल्पकारलाई गए राति काठमाडौँबाट पक्राउ गरिएको हो । नक्कली शैक्षिक प्रमाणपत्र बनाउनेविरुद्ध ब्यूरोले अपरेसन थालेको छ । बिहीबार पनि ब्यूरोले पाँच जनालाई पक्राउ गरेको थियो ।

यसअघि ब्यूरोले सांसद डा सुनिलकुमार शर्मासहित पाँच जना पक्राउ गरेको थियो। ब्यूरोका अनुसार पक्राउ पर्नेमा डा रामबाबु यादव, डा रञ्जित यादव, डा एलिना साह र डा अमित चौधरी रहेका छन्।

कतिपय चिकित्सकहरूले भारतीय नक्कली प्रमाणपत्र पेस गरी नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको तथा काउन्सिलद्वारा सञ्चालन गर्ने दर्ता प्रमाणपत्र परीक्षामा सहभागी भएको पाइएकाले आवश्यक अनुसन्धान गरी पाउँ भनेर काउन्सिलबाट आएको सूचनाका आधारमा प्रहरीले आज अपरेशन चलाएको थियो। उनीहरू सबैमाथि शैक्षिक प्रमाणपत्र कीर्तेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर