सुन तस्करी प्रकरणमा व्यापारी राकेश अडुकियाका छोरा रोहन विमानस्थलबाट पक्राउ

एक क्विन्टल सुन तस्करी प्रकरणमा व्यापारी राकेश अडुकियाका छोरा रोहन अकुडिया पक्राउ परेका छन्। उनलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार पक्राउ गरेको हो।

दिल्लीबाट आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लेलगत्तै प्रहरीले पक्राउ गरेको हो।

उनलाई राजस्व अनुसन्धान विभागमा बुझाउने तयारी भइरहेको छ।

सुन तस्करी प्रकरणमा विभागले व्यापारी राकेश अडुकियाको घरमा केही दिनअघि छापा मारेको थियो। उनी फरार छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर