माओवादी सशस्त्र द्वन्द्व हिंसा मात्र: अध्यक्ष ओली

सशस्त्र द्वन्द्व र लडाकु शिविर घोटालामा ओलीको प्रचण्डलाई दुई प्रश्न

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा चलेको १० वर्ष लामाे सशस्त्र द्वन्द्व र तत्कालिन माओवादी लडाकुहरुलाई राखिएको शिविर घोटाला प्रकरणमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्न गरेका छन् । उनले प्रचण्डले माओवादी हिंसा र युद्ध कस्को लागि लडिएको थियो? भन्ने एउटा प्रश्न गरे ।

यस्तै नभएका लडाकुको नाममा लिएको पैसा कहाँ गयो ? भन्दै अर्को प्रश्न गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित समृद्ध नेपाल सुखी नेपाली: देश विकासको मार्ग चित्र विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ओलीले माओवादी युद्ध कस्का विरुद्ध लडिएको थियो भन्दै भने, ‘ माओवादी हिंसा  युद्ध जनयुद्ध लडिएकाे कस्को लागि थियो ? कस्को विरुद्ध  थियो । त्यसबिचमा मारिए को ? पोलिटिकल पार्टीका कार्यकर्ता मारिए को ? समाजका प्रतिष्ठित बुद्धिजीवीहरु मारिए, समाजलाई बाटो देखाउने बत्तिहरु मारिए ,गुरु लुईटेलहरु मारिए ,लमजुङका मुक्ति अधिकारीहरु मारिए ।’

अध्यक्ष ओलीले माओवादी सशस्त्र द्वन्द्वमा जो समाजका आड भरोसा थिए, जो समाजका अभिभावक जस्ता थिए त्यस्ता व्यक्तिहरु छानीछानी खोजीखोजी मारिएको बताए । उनले युद्ध भएको भए युद्धको नियम पालना हुने चर्चा गर्दै माओवादी सशस्त्र द्वन्द्व हिंसा मात्र भएको दावी गरे ।

यस्तै उनले माओवादी सेना समायोजन गर्दा भएको घोटलाबारे प्रश्न उठाएका हुन् । पहिले भनेजति सेना नभएको र उनीहरुको नाममा लिएको पैसा माओवादीले नेताहरुले कहाँ लगे उनको प्रश्न छ ।
‘क्यान्टोनमेनमा के भयो त ? ३४ हजार भनियो ३ हजार भागे ३१ हजार भनियो ति पनि थिएनन् । गन्न खोज्दा मान्छे जम्मा गरेर ल्याईयो । मान्छे ट्रक का ट्रक जम्मा गरियो । यो दुनियाँले देखेको छ । कतिपय कुराहरु चिरन्जिवीजीहरुले किन नदेखेको जस्तो गर्नु भयो म बुझ्दिन ।’ उनले भने ‘३१ हजार भनेर माओवादीले पैसा लिएको लियै ग¥र्यो । गन्छौ भनेपछि देश भरिबाट मान्छे ओसारियो । २४ हजार मात्र प¥र्यो । के ३१ हजार बाट २४ हजारमा एकै दिन घटेको हो ? २४ हजार नै सदर गर्दा पनि बीचको पैसा कहाँ गयो त ?
तत्कालिन माओवादी सेना १९ हजार समेत नरहेको उनको दाबी छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर