पहिरोसँगै खसेको ढुंगाले लागेर प्रहरी जवानको मृत्यु

मकवानपुरमा सुक्खा पहिरोसँगै खसेको ढुंगाले लागेर घाइते भएका प्रहरी जवानको मृत्यु भएको छ।

मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता टेकबहादुर कार्कीका अनुसार प्रहरी चौकी भैंसेमा कार्यरत २२ वर्षीय प्रहरी जवान कीर्तिबहादुर नेपालीको शुक्रबार साँझ मृत्यु भएको हो।

भीमफेदी गाउँपालिका-२, भैंसेमा सुक्खा पहिरोसँगै खसेको ढुंगाले लागेर घाइते भएका नेपालीलाई उपचारका लागि हेटौंडा अस्पताल लगिएकोमा उपचारका क्रममा उनको मृत्यु भएको प्रवक्ता कार्कीले जानकारी दिए।

‘बिहीबार भैंसेस्थित प्रहरी पोष्टमा काम गरिरहेका समयमा उहाँ चिप्लिएर घाइते हुनुभएको थियो,’ उनले भने, ‘हेटौंडा अस्पतालमा उपचारपछि फर्किने क्रममा शुक्रबार दिउँसो ढुंगा लागेर नेपाली पुनः घाइते भएपछि अस्पताल पुर्‍याइएको थियो।’

नेपालीसँगै प्रहरी जवान सुनिल मेचे पनि घाइते भएका छन्। उनको अवस्था सामान्य रहेको कार्कीले बताए।

मृतक नेपाली जाजरकोटको शिवालय नगरपालिका-८ का स्थायी बासिन्दा रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर